दफा
कानूनी सहायता कोष कानूनी सहायता कोष

(१) कानूनी सहायता सम्बन्धी कामको लागि एक कोष रहनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–

(क) नेपाल सरकारबाट अनुदान स्वरुप प्राप्त रकम ।

(ख) कुनै व्यक्ति, संघ वा संस्थाबाट अनुदान, चन्दा, सहयोग स्वरुप प्राप्त रकम ।

(ग) अन्य स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) बमोजिमको कोषको संचालन तोकिए बमोजिम हुनेछ ।